मंसिर २०, काठमाण्डौ । सरकारले महाकाली नदीको धार परिवर्तन हुनेगरी बनाइरहेको संरचनाका सन्दर्भमा सरकारले भारतसँग कूटनीतिक संवाद अघि बढाउने प्रस्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीमा भारतीय पक्षले बनाइरहेको संरचनाको सन्दर्भमा द्विपक्षीय छलफल हुने बताए । उनले भने “केही समस्या छन् भने तिनीहरूलाई हामीले कूटनीतिक ढङ्गले हल गर्नुपर्छ, सरकारको धारणा त्यही नै हो।”
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा एकीकृत समाजवादीका महासचिव डा वेदुराम भुसालले भारतीय पक्षबाट महाकाली नदीको बहाव नै प्रभावित हुनेगरी संरचना निर्माण गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवासँग राय मागेका र्थि । भुसालले भने , “प्रधानमन्त्रीले महाकाली नदीमा संरचना निर्माण भइरहेको विषयमा भारतसँग कुरा हुँदैछ भन्नुभएको छ।”