मंसिर २०, काठमाण्डौ । जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले अब मुद्दा चलाउन थालेको छ । यसअघि कारबाही गरेर मात्रै छोड्ने गरिएको थियो ।
काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।