मंसिर २०, काठमाण्डौ । सरकारी सवारीसाधनले आगामी फागुनभित्र अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटको भाषा र डिजाइन परिवर्तन नहुने गरी गत साता यस्तो सूचना जारी गरेको हो ।
मन्त्रालयले २८ कात्तिकमा गरेको निर्णयअनुसार फागुन मसान्तभित्र सम्पूर्ण सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारीसाधनलाई इम्बोस्ड जडान गर्नुपर्ने भएको हो ।