मंसिर २२, काठमाडौं । मुलुक उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ । हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन थालेको छ ।
याे पनि पढ्नुहुन्छ कि?
-
देशभर चिसो बढ्यो, तराईमा बिहानैदेखि हुस्सु
December 21, 2022 -
देशभर चिसो बढ्यो !
December 6, 2022