दिपू वर्णवाल
मंसिर २२, वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले ६१ लाख ४६ हजार बराबरको बिल बिजक भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेका ट्रक नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको ना ३ ख २७७ नम्बरको मालवाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ गईरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले मंगलबार राती वीरगञ्ज महानगरपालिका वडा नं ०६ लोहारपट्टी चोक स्थित सडकखण्ड बाट नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय को प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी गराउनु भएको छ ।
नमस्ते ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा रू। अ।मु। रू ६१,४६,०१२ । एकसठ्ठी लाख छयालीस हजार बाह्र बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।०८।२१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले जानकारी दिनु भएको छ ।