मंसिर २२, काठमाण्डौ । सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वातावरण विभागले आज सूचना निकालेर वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको हो ।
पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ । अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने समेत जनाएको छ ।