मंसिर २२, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मोलुङखोला जलविद्युत कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० को स्वीकृति दिएको छ । १५ मंसिरमा बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि उक्त साधारण सेयर जारी गर्ने स्वीकृति पाएको हो । पहिलो चरणमा स्थानीय र वैदेशीक रोजगारीमा रहेकालाई धितोपत्र निष्कासन तथा बाँडफाड निर्देशिका अनुसार सार्वजनिक निष्कासन गरेपछि सर्वसाधारणका लागि सार्वजनिक निष्कानस हुनेछ ।