मंसिर २७, काठमाण्डौ । सरकारले तोकेको भन्दा ८ सय रुपियाँ कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका बाँकेका किसानलाई ढिलै भए पनि केही राहत हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने भएपछि किसानलाई राहत हुने भएको हो ।
कार्यालयले मोटा धान पाँच हजार क्विन्टल खरिद गर्नेछ भने २० हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी परिपत्र आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।