मंसिर २७, बागलुङ । बागलुङका तीन जना किशोरीलाई एक होटलमा लगेर तीन बलात्कार गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन् । १६ र १५र१५ वर्षका तीन जना किशोरीलाई तीन जना युवकले होटलमा लगेर बलात्कार गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पीडित किशोरीहरु शनिबार घरबाट केही नभनि हिँडेका थिए। बेलुकासम्म नि घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।
खोजी गर्दै जाँदा किशोरीहरु बागलुङ नगरपालिका २ समिट चोकस्थित एक होटलमा भेटिएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा युवकहरुले किशोरीलाई बलात्कार गरेको खुल्न आएपछि आइतबार साँझ तीनै जना युवकलाई पक्राउ गरिएको छ ।