मंसिर २७, काठमाडौं । प्रदेश सरकारले द्वन्द्वकाल र जनआन्दोलनका शहिद परिवारलाई एक लाख रकम उपलब्ध गराउने भएको छ । प्रदेश १ मा बसोबास गर्ने यस्ता परिवारलाई उक्त रकम उपलब्ध गराउने भएको हो । उक्त प्रदेश सरकारले द्वन्द्वकाल, मधेश आन्दोलन, दोस्रो जनआन्दोलन र आदीबासी जनजाती आन्दोलनका शहिद परिवारलाई एक लाख रकम उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०७९÷०८० को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिबासी जनजाती आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई सोही रकम उपलब्ध गराउने उल्लेख छ ।