मंसिर २८, काठमाण्डौ । उखु क्रसिङ सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारण नगर्दा किसान चिन्तामा छन् । पश्चिम नवलपरासीमा मङ्सिरको पहिलो सातादेखि नै उखु क्रसिङ सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्दा उखु किसान सस्तोमै उखु बेच्न बाध्य भएका हुन् ।
यहाँ रहेका बागमती खाडसारी चिनी मिल र इन्दिरा सुगर इन्डस्ट्रिज प्रालि मङ्सिरको पहिलो सातादेखि सञ्चालन हुन थालेका छन् । यसबाहेक अरू उखु क्रसर पनि सञ्चालन हुन थालेका छन् । बागमती र इन्दिरा सुगर इन्डस्ट्रिजले गत वर्षकै मूल्य प्रतिक्विन्टल ५२० रुपियाँलाई नै आधार बनाई उखु खरिद गरिरहेका छन् भने भेली क्रसरहरूले ४५० देखि पाँच सय रुपियाँसम्ममा उखु खरिद गरिरहेका छन् ।