पौष १, काठमाडौ । नेपाल बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । गत वर्ष बैंकले १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।