पौष १, काठमाडौं । प्रभु बैंक र चिलिमे हाइड्रोको शेयर मूल्य समायोजन भएको छ । यसैक्रममा प्रभु बैंकको प्रतिशेयर मूल्य रु। १८९.५८ कायम गरिएको छ । बैंकले शेयरधनीहरुलाई ६.५ प्रतिशत बोनस शेयर दिने भएपछि शेयर मूल्य समायोजन गरिएको हो । यसअघि प्रतिशेयर मूल्य रु २०१.९० थियो ।
त्यसैगरी चिलिमे हाइड्रो पावर कम्पनीको प्रतिशेयर मूल्य रु। ३६२.७९ कायम गरिएको छ । कम्पनीले शेयरधनीहरुलाई ७.५० प्रतिशत बोनश शेयर दिने भएपछि मूल्य समायोजन गरिएको हो । यसअघि कम्पनीको शेयर मूल्य प्रतिशेयर रु ३९० थियो । समायोजन गरिएको मूल्यबाट आइतबारदेखि दुबै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।