पौष ५,काठमाडौँ । विश्व प्रजातान्त्रिक युवा महासंघको २१ औं साधारण सभामा नेपाली विद्यार्थीको सहभागी भएका छन्।
लेवनानमा जारी सभामा अनेरास्ववीयूका अध्यक्ष सुदेश पराजुलीले पुँजीवादले शिक्षा क्षेत्रलाई आफ्नो नियन्त्रण गर्न लगानी गरिरहेकोले त्यसको विरुद्ध विश्व समुदाय एक हुन आग्रह गरे।
उनले संसारभरिका अल्पविकसित देशमा अमेरिकी हस्तक्षेप गरिरहेको भन्दै त्यसको विरुद्धमा सबै एक भएर लाग्नुपर्ने बताए।
सभामा अनेरास्ववियूको तर्फबाट संगठनका अध्यक्ष पराजुलीसहित उपाध्यक्षद्वय माधव पन्त, सुदीप शर्मा र महासचिव आरती लामाको टिम सहभागी छ।
सभामा एक सय २० देशका एक सय ५० भन्दा बढी संगठनको सहभागिता छ। लेवनानमा भइरहेको सभा मंगलबारसम्म चल्ने छ।