पौष ६, काठमाण्डौ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए । मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।
याे पनि पढ्नुहुन्छ कि?
-
कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच भिडन्त
December 20, 2022 -
कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता (कार्यतालिका सहित)
December 20, 2022