पौष ६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यताको विषयमा परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।
बुधबार संवैधनिक इजलासमा प्रारम्भिक सुनुवाइपछि विपक्षी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, लामिछाने, काठमाडौं जिल्ला प्रशासन कार्यालय र संघीय संसद् प्रतिनिधिसभाविरुद्ध कारण देखाऊ आदेश जारी भएको हो ।