पौष ६, काठमाण्डौ । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ । नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिबीच १२ बुँदे सहमति भएपछि समितिले आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।
समिति पछिल्लो समय लघुवित्त संस्थाहरु नै खारेजीसम्मको माग गर्दै आक्रामम आन्दोलनमा उत्रिएको थियो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच भएको वार्तापछि अब आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।