पौष ६, काठमाडौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् । बुधबार बिहान कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरूलाई धन्यवाद ज्ञापनसमेत गरेका थिए । उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको समेत बताएका हुन् । उनले भने,‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु ।’ कांग्रेस संसदीय दलको नेतामा जम्मा ८९ मध्ये महामन्त्री गगनकुमार थापाले २५ मत पाएका हुन् भने देउवाले ६४ मत पाएका हुन् ।