पौष ८, काठमाण्डौ । माध्यामिक शिक्षा परीक्षा एसईईमा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास निर्देशनालय, बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, शाखा कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै सी प्लस आउन नसक्ने विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने बताएको हो ।
२०७९ सालको बैशाख ९ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सी वा सी प्लसभन्दा कम ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पुरक ९ग्रेडवृद्धि० परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने बताउँदै बोर्डले सोही आधारमा फाराम भराउन आग्रह गरेको छ ।