पौष ८, काठमाण्डौ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा काठमाडौंबाट पक्राउ गरिएका दुईजना चिनियाँलाई अदालतले थुनामा पठाएको छ । मानव बेचबिखन ब्यूरोले ठमेलमा बस्दै आएका चिनियाँ नागरिक ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई पक्राउ गरेको थियो ।
आरोपीहरुले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा मासिक १५ सय डलरमा काममा लगाउने आश्वासन दिएर भदौ १७ मा काठमाडौंबाट लाओस लगेका थिए । भारत र थाइल्याण्ड हुँदै लाओस लगेर बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम गराएर उनीहरूले पीडितहरूसँग ३ लाख ९० हजार रकम लिएको आरोप छ ।