पौष ९, काठमाण्डौ । आगामी सरकार गठन र शक्ति बाँडफाँटका विषय टुंग्याउन सत्तागठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ ।
शुक्रबारको बैठक निष्कर्षविहीन भएपछि देउवा र प्रचण्ड आज पुनः ३ बजे भेटवार्ता गर्न लागेका बालुवाटार स्रोतले जनाएको छ। यसअघि आजै बिहान ११ बजे माओवादी नेता वर्षमान पुनले देउवालाई भेटेका थिए। अध्यक्ष प्रचण्डको सन्देश लिएर गएका उनी बालुवाटारमा १५ मिनेट मात्रै बसेका स्रोतले बताएको छ।