पौष १०, काठमाडौ । बालुवाटारमा सरकार गठनका लागि गठबन्धनका नेताहरुबीचको बैठक सकिएको छ । बैठक सकिए पनि निष्कर्षमा पुगि नसकिएको बैठकबाट बाहिरिएका नेताहरु प्रतिक्रिया दिएका छन् । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बैठकमा सहमति नभएको बताए । ुछलफल जारी छ । तर सहमति भएको छैन उनले भने ।
गठबन्धनका नेताहरु बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेताहरु रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग छलफल गरिरहेका छन् । चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा छन् । गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन ।