पौष १०, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन् । ओलीको सचिवालयले प्रचण्ड सत्ता गठबन्धनको बैठक सकिएपछि बालकोट आउँदै गरेको जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निवा बालुवाटारको बैठक निर्णयमा पुग्न नसकेपछि दाहाल बालकोटा लागेका हुन् । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति माओवादी केन्द्रलाई दिन नसकिने बताएपछि एमालेसँग छलफल भइरहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
