पौष ११,काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने चेतावनी पनि दिएका छन् ।
ुने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछु उनले लेखेका छन् ।
नेतृत्वको अपरिपक्क निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र देउवाको आलोचना भइरहेको छ ।
ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।
— Gururaj Ghimire (@ghimire_gururaj) December 25, 2022