पौष ११, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनको बैठकपछि मन्त्रीको नाम टुंगो लगाउने भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने निर्णय नभएकाले गठबन्धनको बैठकपछि रास्वपाले मन्त्रीको छनोट गर्ने भएको हो । रास्वपा सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
अन्य मन्त्रीको नाम गठबन्धनको बैठकपछि तय गर्ने रास्वपाका एक नेताले बताए । ‘गठबन्धनको निर्णय आएपछि मन्त्रीको नाम छनोट गर्छौं । कति मन्त्रालय पाउने हो यकिन छैन,’ रास्वपाका एक नेताले भने । रास्वपासँग २० सिट छ । उसले उपराष्ट्रपति र उपसभामुखमा दाबी नगर्ने तर यसको सट्टा मन्त्रालय नै लिने मनसाय राखेको छ ।