पौष ११, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा पनि सरकारमा सहभागी नहुने जानकारी दिए । ‘हामी अहिले सरकारमा जाँदैनौँ । सरकारलाई समर्थनमात्र गर्छौँ’, सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने । नयाँ सरकार गठनका लागि बनेको सातदलीय गठबन्धनमा राप्रपा पनि छ ।