गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ७ झेंदिमा मोटरसाईकल दुर्घटना हुँदा मुसिकोट नगरपालिका वडा नम्बर ४ धारापानिका २८ बर्षिय सुरज हितानको मृ,त्यु भएको छ । त्यही मोटरसाइकलमा सवार धारापानिकै रबिन शाहि ठकुरि सामान्य घाइते भएको प्रहरिले जनाएको छ ।
दुर्घटनामा परेका सुरज हितान लाइ हात र छातिमा चाेट लागकाे थियाे उनलाइ उपचारकाे लागि जिल्ला अस्पताल तम्घास लगिएको र उपचारको क्रममा नै उनकाे मृ,त्यु भएको प्रहरिले जनाएको छ ।
बुधबार साँझ मुसिकोट ७ वामी टक्सार देखी मुसिकोट ४ बडागाँउ धारापानि जाँदै गर्दा, मुसिकोट ७ झेँदिमा रहेको बडिगाड नदिको पुल नजिकै ३६ प ६८३३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरिले जानकारी दिएको छ ।