बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भइ ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरूष रहेका छन् ।
गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरू सबै जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
मुसिकोट नगरपालिका–३ नेटा बस्ने ४७ वर्षीया सुमित्रा सुनार र चितवनको भरतपुर नगरपालिकाकी ५० वर्षीया राधा केसी ,जिप चालक मुसिकोट नगरपालिका–२ जलजलाका २६ वर्षीय कमल थापा, सोही ठाउँका ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा र ३६ वर्षीय राजु थापा दुर्घटनामा परि घाइते भएका छन् ।