राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट निष्कासन गर्ने गर्दछ । यो वर्षा पनि नेपाल राष्ट्र बैंकले दशैंको अवसर पारेर करिब ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ, दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो र यही प्रचलनलाई निरन्तरता दिदै अएके हो ।
नोट जति पुरानो भएता पनि मुल्य त एउटै हुने गर्दछ , तर, पुरानो नोट आदानप्रदान गर्दा दशैंको आभास नै आउँदैन । त्यसैले नयाँ नोट यतिबेला ‘चिज’ बन्छ । तर, नयाँ नोटलाई राम्ररी हिफाजत नगर्दा पुरानो देखिन समय पनि लाग्दैन ।
धेरै जसाे ठुला नाेट भन्दा साना नाेट च्यातिने तथा फाेहाेर बनाउने गरेकाे पाइन्छ । जस्ले गर्दा यनिहरूकाे अायु कम हुने र हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु तुलनात्मकरुपमा बढी हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको एक सर्वेक्षणले देखाएअनुसार हजार पाँच सयका नाेट भन्दा पाँच, दस, बीस, पचास, सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुगेको राष्ट्र बैंक बताउछ।
।
यस कारणाले गर्दा सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।
नयाँ नोट दक्षिणका रुपमा दिने तर केही सावधानीहरु अपनाए नोटको आयु नघट्ने राष्ट्र बैंकले बताएको छ ।
जतन गर्ने तरिका यस प्रकार रहेकाे छ ।
पानीमा नभिजाउने
अविर नलगाउने
नोटलाई खुम्चन नदिने
नोटमा केरमेट नगर्ने
नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाउने
दक्षिणा दिदा खाममा राखेर दिने
. पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछुने ।
बैंकमा चेक तथा एटिएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसालौं ।
नोटलाई कच्याककुच्चुक नपार्ने, पोको नपार्ने र जमीनमा गाड्ने काम नगर्ने ।
आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसाल्ने ।
माथि भने अनुशार नयाँ नाेटलाइ जतन गर्ने बनी बसालाै ।
नयाँ नोटमा जथाभाबी फाेहाेर गर्ने केरमेट गर्ने, पानी मा भिजाउने जस्ता क्रियाकलाप नगर्न राष्ट्र बैंकले समय–समयमा अनुरोध गर्दै आएको छ । यदि यस्ताे गरेमा कडा कानूनको व्यवस्था समेत छ ।
एक वर्ष अघिदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी–नोक्सानी पु¥याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।