१५ असोज, काठमाडौं। म्याग्दीको धौलागिरि गाउँपालिका-४ मा पर्ने आठ हजार १६७ उचाइको विश्वको सातौँ अग्लो धौलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन्।
आज बिहान ५ बजे पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पाले आरोहण गरेकाछन् आजै अन्य २० जनाले धौलागिरिआरोहण गरेका थिए भने यसअघि नेपाली महिलाले धवलागिरिको आरोहण गरेको रेकर्ड थिएन।
पूर्णिमा श्रेष्ठ पर्वत आराेहण हुन, उनि याे भन्दा पहिलापनी अन्य आराेहण गरेकी छन्, यसअघि गत वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित आठहजार ०८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन, यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल पनि आरोहण गरेकी थिइन्।