दशैं सुरु हुनुभन्दा पहिले दुर्गा मातालाई नाै दिनसम्म पूजा गर्ने चलन रहेको छ । नाै दिनसम्म दुर्गा माछालाई अलग-अलग देवीको रूपमा पूजा गर्ने गरिन्छ ।
आज आठौं दिन अर्थात् महाअष्टमी दिन हो, र महाअष्टमी को दिनमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।
आज अष्टमीको दिनमा आफ्नो घरमा भएका हातहतियार तथा फलामबाट बनेका सामग्रीहरुलाई राम्रो संग सरसफाइ गरेर दुर्गामाताको थापानामा राखी पूजाआजा गर्ने चलन रहेको छ अर्थात् त्यसलाई दुर्गादेवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिन्छ ।
अष्टमीको दिनलाई कालरात्री पनि भन्ने गरिन्छ, कालरात्रीमा दुर्गा माताको मन्दिर तथा दरबारकाेटमा विभिन्न पशुजन्य हरु जस्तै भेडा, च्याङ्ग्रा, रांगा, खसीबोका, पाडा, परेवा अादिको बाेली दिने चलन रहेको छ ।
महाअष्टमीकाे दिन हनुमानढोकामा राज्यको तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा हुने गर्दछ ।
अाज देशैभरका मन्दिरहरू जस्तै धनुषाको राजदेवी, भद्रकाली,दक्षिणकाली, शक्तिपीठ गुह्येश्वरी, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, मनकामना, उग्रतारा,
काभे्रपलाञ्चोकको चण्डेश्वरी, पाल्चोक भगवती लगायत देशैभर रहेका देबी माताको मन्दिरमा बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्ने गर्दछ ।