सल्यानमा आफ्नै बाबुले सामान्य मासुको निहुँगमा आफ्नै छोराको हत्या गरेका छन् ।
सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ५५ वर्ष का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी ३३ वर्ष को छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।
मंगलबार दिउँसो राँगा काटेका थिए बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै आफ्नै छोरासँग सामान्य जाँदा भएको थियो ।
रुपलाल मदिरा सेवन गरे राति आफ्नो बाबुको घरमा गएका थिए त्यही समयमा बाबुले धारिलो हतियार प्रयोग गरी छोराको हत्या गरेका हुन् ।
बाबु नीमबहादुरले छोराको हत्या आफ्नै घरमा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।