मंसिर २७, काठमाडौ । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर कारोबार हुने भएको हो ।
अघिल्लो कारोबार दिन सोमबार प्रतितोला एक लाख २०० रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर एक लाख रुपैयाँमा कारोबार हुने भएको छ भने ९९ हजार ८०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९९ हजार ६०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार ३९० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।