बैतडी महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरकाे चालककाे मृत्यु भएको छ ।
उनि नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन ।
जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान दुर्घटना भएकाे थियाे ।
दुर्घटना हुदा ट्र्याक्टर चालक २३ वर्षीय योगेश पालको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।
यही ट्र्याक्टर मा सबार राकेश कोलीले भने हामफालेर अाफ्नाे ज्यान जोगाएका छ । उनी सामान्य घाइते छन् । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।