१५ असोज, काठमाडौं ।
महानगरीय अपराध महाशाखाकाे टाेलीले नेटवर्किङ व्यवसायको नाममा अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ठगीकाे आरोपमा परेका काभ्रेको धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम हुन भने अर्का रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महताे हुन ।
छिमेकि मुलुक भारतमा रहेकाे इम्पोरियम मार्केटिङ प्रालि इजाजतविना सिलीगुडीमा सञ्चालनमा रहेको र त्यस कम्पनि सँग सम्पर्क राखी पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको प्रहरीको भनाइ छ ।
ठगी गर्नमा उनिहरूले विभिन्न वस्तु जस्तै साल्ट ल्याम्प, कपडा, औषधिजन्य वस्तु सस्तो मूल्यमा पाउने भन्दै सदस्य बन्न र पीडितलाई आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाइ ठगी गरेको देखिएको महाशाखाले जनाएको छ ।
थप आवश्यक कारबाहीका लागि शुक्रबार वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभाग, बबरमहलमा लगिएकाे छ ।